राजवंशी चलचित्रकर्मी समाद समितिको प्रथम अधिवेशन

विराटनगर: राजवंशी चलचित्रकर्मी समाद समितिको प्रथम अधिवेशनले दीपनारायण राजवंशी अध्यक्ष रहेको १३ सदस्यीय समिति गठन गरेको छ ।







समितिको उपाध्यक्षद्वयमा सुशीला राजवंशी र सुरेश राजवंशी, महासचिव अरविन विश्वास राजवंशी, सचिव कपिल राजवंशी, कोषाध्यक्ष विष्णु राजवंशी छन् ।
यस्तै सदस्यहरुमा सुशीलादेवी राजवंशी,सन्तोष राजवंशी, आरती राजवंशी, रेशमी राजवंशी, सुनिता राजवंशी, रुपेश राजवंशी र हरिओम राजवंशी छन् ।
सो अवसरमा गायक सुमित खड्का र दीपाश्री निरौलालाई सम्मान गरिएको थियो । वीरेन्द्र सभागृहमा गरिएको सो कार्यक्रममा राजवंशी सांस्कृतिक कार्यक्रम गर्नको साथै विराट राजवंशी कवि नारायणप्रसाद राजवंशीको विभिन्न सिर्जना तथा सम्मान संकलन गरिएको पुस्तक ‘जातीय अस्तित्वको खोजीमा’ को पनि लोकार्पण गरिएको गायक प्रवलदीप विश्वासले बताए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको उपस्थितिमा कार्यक्रम गरिएको जनाइएको छ ।
Share:

No comments:

Post a Comment

Recent Posts